Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थाल्यो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थाल्यो

काठमाडौं, माघ ६ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवालयले काम शुरु गरेको छ । अध्यक्ष तथा सदस्यहरु नियुक्त हुनुअघि आयोगले संविधानप्रदत्त अधिकार तथा यससम्बन्धित कानूनहरुको विश्लेषण गरी काम अघि बढाउने आयोगका सचिव बैकुष्ठ अर्यालले जानकारी दिए । उनका अनुसार, आयोगले चालु आर्थिक वर्षदेखि नै प्रदेश र स्थानीय तहको अनुदान तथा राजस्व बाँडफाँडका सम्बन्धमा गृहकार्य गर्नेछ ।
आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको अधीनमा रहेका काम अघि बढाउनेछ । संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरु संसद्बाट नियुक्त हुन्छन् । संघीयता कार्यान्वयनका लागि आयोगको महत्वपूर्ण भूमिका रहेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको आर्थिक क्षमताका आधारमा राजस्व बाँडफाँड तथा अनुदान निर्धारण गर्दछ र संघीय बजेटमा सोही अनुसार अनुदान हस्तान्तरणको व्यवस्था गरिएको छ । राजस्व असुलीका लागि स्थानीय र प्रादेशिक तहमा दोहोरो संस्थाहरुको व्यवस्था छैन, स्थानीय या प्रदेश तहबाट पनि केन्द्रको राजस्व संकलन हुन्छ भने यस्तो राजस्व आयोगको कार्यविधिको अधीनमा रहेर बाँडफाँड गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x