आइएमई जनरलको २४ औं शाखा चावहिलमा

काठमाडौं, ५ माघ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको चावहिलमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त २४ औं शाखाको आज आयोजित कार्यक्रमका बीच कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले उद्घाटन गरे ।

कम्पनीको मुलुकका सबै भु–भागमा आफ्नो उपस्थिती हुने गरि चालु आर्थिक वर्षमा ५० वटा शाखा स्थापनाको योजना बनाइएको छ । यस कम्पनीले हाल अग्नी, सवारी, सामुद्रिक, हवाई, बाली तथा पशु लगायतका नीर्जिवन बीमा सेवा दिदै आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *