Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेगा बैंकको नाफा बढ्यो

मेगा बैंकको नाफा बढ्यो

काठमाडौं, २९ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगा बैंकले नाफा ३० प्रतिशत कमाएको छ । ६ महिनाको अवधिमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले २१ करोड ८१ लाख रुपैयाँ नाफा बढाएको छ । सो नाफाबाट बैंकले सेयरधनीलाई ६२ करोड ६९ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।

बैंक ६ महिनामा स्प्रेड ५.६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा स्पे्रड ५.२५ प्रतिशत थियो । बैंकले समीक्षा अवधिमा २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २९ पैसा छ । निष्क्रिय कर्जा १.४९, सीसीडी ७९.८५, निक्षेप लागत ७.२५, आधारदर ९.७६ प्रतिशत छ । बैंकको सञ्चित कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x