पुस्तकालय पुनर्निर्माणका लागि मनकामनाको १० लाख सहयोग

काठमाडौं, २९ माघ । मनकामना दर्शन प्रा.लि.ले गोरखानगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनर्निर्माण भईरहेको त्रिभुवन पुस्तकालयलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मनकामना दर्शनका सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीयबुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयकालागि सहयोग गरेका हुन् ।

भूकम्पपछि स्थानीय बासिन्दा र गोरखानगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *