Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विराटनगरबाट किशोर प्रधानले गरे महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा

विराटनगरबाट किशोर प्रधानले गरे महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौं, २ फागुन । आगामी महिना हुने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी घोषणाले तीव्रता पाएको छ । अध्यक्ष पदमा बाहेक अन्य पदहरुमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने भएकाले चुनावी नेतृत्वको प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुनेछ । वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् । ढकालले गत पुसमा गृहजिल्ला बाग्लुङबाट वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् । मोरङका उद्योगी प्रधानले बिहीबार विराटनगरबाट उम्मेद्वारी घोषणा गरे । प्रधानले महासंघमा यो नै आफ्नो अन्तिम उम्मेदेवारी भएको बताए । पूर्वका उद्योगी प्रधानले उद्योगी ब्यवसायीले खेप्दै आएको बैंकको चर्को ब्याजदरको समस्या विरुद्ध आफू लड्ने बताएका छन् ।

प्रधानको चुनावी घोषणासभामा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छादेखि जिल्ला उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, पूर्व अध्यक्ष कुशकुमार जोशी लगायत उपस्थित थिए ।
महासंघमा वरिष्ठ उपाध्यक्षका अतिरिक्त जिल्ला नगर, वस्तुगत र एसोसिएटबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् ।
सौरभ ज्योतिले महासंघमा बैंकिङ समितिको सभापतिका रुपमा काम गरिरहेका छन् । उनले राजस्व समितिमा रहेर पनि काम गरे । अन्जन श्रेष्ठले औद्योगिक समितिको नेतृत्व गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x