Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रभु बैंक र एनप्याब्सनबीच कारोबार सम्बन्धी सम्झौता

प्रभु बैंक र एनप्याब्सनबीच कारोबार सम्बन्धी सम्झौता

काठमाडौं, १ फागुन । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन (एनप्याब्सन) र प्रभु बैंकबीच कारोबार गर्न सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एनप्याब्सनबाट हुने सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्पmत् हुने बैंकले जनाएको छ । एनप्याब्सनअन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्र्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क प्रभु बैंकमा खोलिएको खातामा संकलन गर्न सक्नेछन् ।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले यसै बैंकमार्पmत् नै तलब भुक्तानी लिनसक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x