Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थितीले आर्थिक बृद्धिमा केही चाप पर्न सक्छ : अर्थमन्त्री खतिवडा

क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थितीले आर्थिक बृद्धिमा केही चाप पर्न सक्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, ५ फागुन । सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट बिनियोजन गरेको थियो । त्यसमा चालु तर्फ ९ खर्ब ५७ अर्ब, पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७६ अर्ब रुपैयाँ बिनियोजना गरेको थियो । राजस्व संकलनको लक्ष्य पनि ११ खर्ब १२ अर्ब रुपैयाँ थियो ।

तर सरकारले चालु आर्थिक वर्षको मध्यावधिक समिक्षा गर्दै बजेट खर्च र राजस्व संकलनको लक्ष्य उल्लेख्य रुपमा घटाएको छ । कुल बजेट खर्च १३ खर्ब ८५ अर्ब रुपैयाँ हुने अनुमान छ । बजेट खर्चको संशोधित अनुमान चालु वर्षको कुल लक्ष्य भन्दा ९.६ प्रतिशत कम हो ।

त्यस्तै, पुँजीगत खर्च पनि ३ खर्ब २५ अर्ब रुपैयाँ हुने अनुमान छ । राजस्व संकलन १० खर्ब ५६ अर्ब रुपैयाँ हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ । यो कुल लक्ष्यको करिब ५ प्रतिशत कम हो ।

पुँजीगत खर्च र राजस्व संकलन लक्ष्य अनुसार नहुने, कृषि उत्पादनमा कमि हुने अनुमान सार्वजनिक गरेपनि आर्थिक वृद्धिको लक्ष्यमा भने संशोधन गरिएको छैन । सरकारले बजेट मार्फत ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भने ६ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि हुने अनुमान गरेपनि सरकारले भने लक्ष्य संशोधन नगरेको भन्दै विभिन्न टिका, टिप्पणी भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो तर्क प्रस्तुत गरेका छन् । (भिडियो सामाग्री)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x