Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देश समृद्ध बन्छ : उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देश समृद्ध बन्छ : उपाध्यक्ष ढकाल

काठमाडौं, ५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नीजि क्षेत्रको साझेदारीबाट मात्र देश समृद्ध हुने बताएका छन् । निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरि उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देश समृद्ध हुने उनले बताए ।

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई सम्बोधन गर्दै उनले नेपालका तीनवटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्ने बताए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला र निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन पनि सुझाव दिए ।

यस्तै ठुला ठुला गफले त बिग्रियो नी हजुर, प्रधानमन्त्री रेलको कुरा गर्ने, जनता खानेपानीका लागि १ घण्टा हिड्नुपने,

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x