Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

दोस्रो आन्तरिक पर्यटन मेलाको मिति सर्यो, आगामी जेठ १६ र १७ मा गरिने

दोस्रो आन्तरिक पर्यटन मेलाको मिति सर्यो, आगामी जेठ १६ र १७ मा गरिने

काठमाडौं, ५ फागुन । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला आगामी जेठ १६ र १७ गते हुने भएको छ । यही फागुन ९ र १० गते उक्त पर्यटन मेला गर्ने तयारी गरिएको भए पनि चीनमा फैलिएको कोरोना भाईरसको कारण पर्यटनमा परेको प्रभावले गर्दा पछि सार्न परेको आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

पहिले देश अनि विदेश भन्ने नारासहित गत वर्षदेखि सुरू गरिएको मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य र पर्यटकीय गतिविधिको प्रदर्शन गरिने गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । पहिलो पर्यटन मेला सफल भईकोले यसलाई पनि सफल बनाउँन मिति परिवर्तन गरिएको उनले बताए ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुम बहादुर सुवेदीले आन्तरिक पर्यटन विकास नभई देशको पर्यटन विकास नहुने भएकाले यो मेलाले आन्तरिक पर्यटनमा सहयोग पुग्ने बताए । चीनमा फैलिएको कोरोना भाईरसले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको हुँदा पर्यटन मेला समय अनुकुल गर्नु उचित भएको जानकारी दिए ।

त्यसैगरी पर्यटन विज्ञ आङछिरिङ शेर्पाले जाडो महिनामा कोरोना भाईरस फैलने भएकाले त्यसको सिकार नेपाल पनि पर्ने हो कि भनेर गर्मी महिनामा गर्न लागिएको जानकारी दिए ।

मेलामा ७७ वटै जिल्लाका पर्यटकीय सम्भवनाका क्षेत्रको प्रचारमुलक सामाग्री सहित नेपाली परिकार र संस्कृतिका १ सय ५० वटा स्टल राखिने छ । हालसम्म ७३ वटा स्टल बिक्री भई सकेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x