Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

देशलाई विकसित बनाउँनु कविता लेखे जस्तो सहज छैन्ः प्रधानमन्त्री ओली

देशलाई विकसित बनाउँनु कविता लेखे जस्तो सहज छैन्ः प्रधानमन्त्री ओली

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपि शर्मा ओलीले देशलाई विकसित बनाउनु कविता लेख्नु जस्तो सरल नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक बिमोचन समारोहमा प्रधानमन्त्री ओलीले देशको समस्या समाधान गरी सु–सज्जित र आधुनिक बनाउनु कविता लेखे जस्तो सहज हुने बताएका हुन । उनले देशलाई प्रगतिको गतिमा हिडाउँने कोशिस गरिएको भएपनि यहाँ भएका समस्या समाधान गर्न कविता लेखे जस्तो सहज नहुने बताए ।

उनले मुलुकमा नयाँ संरचनात्मक विकाससँगै आर्थिक र सामाजिक अवस्था माथि उठ्दै गएको बताए । हाल देशको आर्थिक स्थिति सुदृढतर्फ उन्मुख रहेको उनको भनाई छ । ओलीले भने–‘गरिविले देशको अर्थतन्त्र ध्वस्त छ । हामी विकास र समृद्धिमा पछाडि छौं । तर, पछाडि बसिरहन हैन् । अगाडि बढ्न सक्छौं ।’

त्यस्तै अर्काे प्रसंगमा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सवल बनाई हालको व्यापार असन्तुलनलाई सन्तुलित स्थितिमा पुर्याउँन सरकारले काम गरिरहेको बताए । त्यसका लागि सरल र स्वच्छ आर्थिक गतिविधि आवश्यक भएको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x