काठमाडौं क्लिकि अफ कस्मेटिक सर्जरीमा बिओकेका ग्राहकले १० प्रतिशत छुट पाउने
काठमाडौं, २२ फागुन । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौंको अनामनगरमा रहेको कस्मेटिक सर्जरीमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाइएको छ।