Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निक्षेपका लागि केही शाखा खोल्ने प्रस्ताव, जुनसुकै एटीएम निःशुल्क

निक्षेपका लागि केही शाखा खोल्ने प्रस्ताव, जुनसुकै एटीएम निःशुल्क

काठमाडौं, ९ चैत । नाभेल कोरोना भाइरसबाट सुरक्षित रहन बैंकहरुले सुरक्षा उपाय र सकेसम्म डिजिटल कारोबार बढाउने भएका छन् । उनीहरुले ब्याक अफिसका सबै कर्मचारीले घरबाट काम गर्न सक्ने सुविधा दिएका छन् । बैंकका उच्च पदका कर्मचारीहरु छुट्टाछुट्टै ठाउँमा बसेर काम गर्ने भएका छन् । संक्रमणका कारण उच्च पदका कर्मचारी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा बैंक चलाउनै गाह्रो हुने भन्दै उनीहरु छुट्टाछुट्टै ठाउँमा बसेर काम गर्ने भएका हुन् । उच्च पदमा प्रतिस्थापनमा कर्मचारी पाउन गाह्रो भएकाले बैंकहरुले यस्तो सुरक्षात्मक उपाय अपनाउन लागेको बैकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक समक्ष निक्षेप संकलनका लागि केही शाखा खोल्ने, फ्रन्ट अफिसका कर्मचारीलाई सिफ्टमा काम लगाउने लगायतका प्रस्ताव गरेको छ । यससम्बन्धमा राष्ट्र बैंकको स्वीकृतिपछि आवश्यक निर्णय गर्दै जाने दाहालले बताए ।

नेपाल बैंकर्स संघले जुनसुकै बैंकको एटीएम कार्ड प्रयोग गरी जुनसुकै एटीएमबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था गरिसकेको छ । यसबाहेक मोबाइल बैंकिङ निःशुल्क बनाइएको छ । रक्षात्मक उपायले आफ्ना कर्मचारीहरुलाई सुरक्षित राख्ने योजना अनुसार काम गर्न बैंकहरुलाई गाइडलाइन्स दिन बैंकर्स संघले गृहकार्य गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x