अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं, ९ चैत । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिनियम दर अनुसार आज एक डलकरको खरिद मूल्य १ सय २० रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

एकै दिन डलर ४० पैसाले बढेको हो। गत शुक्रबार १ सय २० रुपैयाँ २८ पैसा थियो।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। त्यसले मूल्यमा प्रभाव पारेको जानकार बताउछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *