Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोइराला माछापुच्छ्रेको सीईओ

कोइराला  माछापुच्छ्रेको  सीईओ

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन्। फागुन ३० गतेदेखि लागू हुने गरी तत्कालीन सीईओ सुमन शर्माले राजीनामा दिएपछि सञ्चालक समितिले उनलाई कामु सीईओ जिम्मेवारी दिएको थियो ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले कोइरालालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीईओमा चार वर्षका लागि नियुक्त गरेको छ।
कोइराला विगत सात वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर कोइरालासँग २१ वर्ष लामो बैंकिङ अनुभव छ। कोइरालाले नेदरल्यान्डस्को इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एन्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x