Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एटीएम नभएका शाखा स्थानीय प्रशासनको समन्वयमा खोल्न पहल

एटीएम नभएका शाखा स्थानीय प्रशासनको समन्वयमा खोल्न पहल

काठमाडौं, १२ चैत । नेपाल बैंकर्स संघले एटीएम नभएका बैंकका शाखा मात्र खोल्ने भन्दै सदस्य बैंकहरुलाई नयाँ निर्देशिका जारी गरेको छ । कोराना भाइरस महामारीका कारण देशव्यापी लकडाउनपछि पनि बैंकर्स संघले अर्थमन्त्री र कामु गभर्नरसँगको छलफलमा बैंकका केही काउन्टरहरु खुलाउन विषयमा सहमति गरेका थिए । तर समस्याको गम्भीरतालाई ख्याल गर्दै बुधबार विहान डिजिटल सेवालाई चुस्त राख्ने र एटीएम नभएका बैंकमात्र खोल्न बैंकहरुका लागि नयाँ निर्देशिका जारी भएको छ ।
नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले डिजिटल माध्यमबाट सेवा दिन सकिने अवस्थामा बैंकका काउन्टर खोल्नैपर्छ भन्ने नरहेको बताएका थिए । शहरी क्षेत्रमा प्रायः सबै शाखामा काउन्टर रहेकाले काउन्टरहरु बन्द छन् । एटीएम नभएका ग्रामीण क्षेत्रका शाखामा स्थानीय प्रशासनको अनुमतिमा मात्र काउन्टर खुला हुने बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । त्यस्तै, प्रतीतपत्र (एलसी), ग्यारेन्टी लगायतका भुक्तानी भने बैंकका मुख्यालयबाट हुने बताइएको छ ।
बैंकहरुका लागि प्रशासनले सीमित पास मात्र उपलब्ध गराएकाले आइटी र एटीएममा नगद लोड गर्नका लागि मात्र प्रयोग गरिने उल्लेख छ । कोरोना भाइरस संक्रमणको चेन भत्काउन सरकारले साताव्यापी लकडाउन गरेको छ । जुन अवस्था हेरेर अझै थप हुन सक्ने बताइन्छ । छिमेकी भारतले बुधबारदेखि ३ साता (२१ दिन) लक डाउन घोषणा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x