कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी

काठमाडौं, १९ चैत । कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । चैत ९ को मन्त्रिपरिषद् बैठकले उनलाई कर्मचारी सञ्चयकोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । उनले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पुडासैनीलाई सहसचिबाट कामु राजस्व सचिव हुँदै सचिवमा बढुवा गरिएको थियो । यससँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो । कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ । यसअघि राजश्वसचिव रहँदा शिशिरकुमार ढुंगाना सो पदमा थिए । अहिले उनी अर्थसचिव छन् ।
ढुंगाना गत कात्तिकमा राजस्व सचिवको रुमा अथ मन्त्रालयमा फर्केपछि पनि कोषको अध्यक्ष थिए । उनी हालै अर्थसचिव बनेपछि कोषको अध्यक्षको जिम्मेवारी पुडासैनीलाई दिइएको हो ।