Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

अधिकारी १७औं गभर्नर

अधिकारी १७औं गभर्नर

काठमाडौं, २४ चैत । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । लगानी बोर्डका सीईओको रुपमा कार्यरत अधिकारीको कार्यकाल आउँदो असार ८ मा सकिदैंछ । ३० वर्ष राष्ट्र बैंकमा काम गरेका उनको पुनः सोही संस्थाको सबैभन्दा ठूलो पदमा आसीन हुने भएका छन् । अधिकारीलाई सरकारले आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो । अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कार्यकालमा लगानी बोर्डको सीईओ बनाएका थिए । दोस्रो कार्यकालमा गभर्नर नियुक्त गरेका हुन् ।
चैत ५ मा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाल सेवानिवृत्त भएपछि राष्ट्र बैंककोा गभर्नर पद रिक्त थियो ।
सरकारले आज नियुक्त गरेका अधिकारी राष्ट्र बैंकका १७औं गभर्नर हुन् । गभर्नर छनौटका लागि अर्थमन्त्रीको डा. युुवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीन जनाको नाम सिफारिश गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x