Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द

अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द

काठमाडौं, २६ चैत । नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमाथि लगाइएको प्रतिबन्ध १५ दिन थप गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले हाल कायम रहेको स्थगनको अवधि बढाएर वैशाख १८ सम्म पुर्‍याएको हो ।
यसअघि सरकारले नेपाल आउने अन्तरराष्ट्रिय उडानमा वैशाख ३ (अप्रिल १५) सम्म प्रतिबन्ध लगाएको थियो । सरकारले आन्तरिक उडानलाई भने वैशाख ३ गते (अप्रिल १५) सम्मका लागि स्थगित गरेको छ । त्यसपछि के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्‍यापिड टेस्टिङ किटमार्पmत परीक्षणलाई बढाउने निर्णय गरेको छ । ‘कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेशिनबाट परीक्षण गर्ने निर्णय भएको छ । यस्तै बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ,’ बिडारीले भने ।
मंगलवारको बैठकमा स्वास्थ्य सामग्रीहरूको खरीदका सम्बन्धमा नेपाल सरकारले प्रचलित

कानूनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा किन्ने गरी छलफल भएको उनले जानकारी दिए । यसभन्दा अघिल्लो उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य उपकरण तथा औषधिलगायत वस्तु सरकार–सरकार (जीटुजी) वा निजीक्षेत्रबाट किन्ने निर्णय गरेको थियो । विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गरी सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ । बैठकले आवागमनमा कडाइ र निगरानी कायमै राख्ने तथा आपूर्ति नियमित गर्ने निर्णय गरेको सचिव बिडारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x