एनआईसी एशिया बैंकको पात्रो सार्वजनिक
काठमाडौं, २ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको पात्रो सार्वजनिक गरेको छ । बैंकले २०७७ सालको विविध सूचनाहरु उल्लेख गरिएको भित्ते र टेबुल पात्रो सोमबार सार्वजनिक गरेको हो ।
विश्वव्यापी कोरोना भाइरस महामारी विरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरेका हुन् । उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको बैंकले जनाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।
त्यस्तै डिजिटल पात्रो ग्राहाकले सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सक्ने छन् । हाल बैंकले ३ सय १९ शाखा कार्यालय, ४ सय ६१ एटीएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर तथा ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।