Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गाैलारोगीलगायत बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचओटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिने बताइएको छ । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ ।
लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायत महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ । सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x