Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

काठमाडौंमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने

काठमाडौंमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने

काठमाडौं, ८ वैशाख । ‘लकडाउन’का कारण समस्यामा परेकालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौंले सहयोग गर्ने भएको छ । नेकपा जिल्ला कमिटी काठमाडौंले लकडाउनको समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौँमा रहेका जो कोहीलाई पनि खान र बस्ने व्यवस्था गरिने छ ।
नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरूको सम्पर्कमा जानसमेत आग्रह गरेको छ । समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x