Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

डब्लुएचओले कोरोना संक्रमणको उच्च जोखिमबाट नेपाललाई हटायो

डब्लुएचओले कोरोना संक्रमणको उच्च जोखिमबाट नेपाललाई हटायो

काठमाडौं, १४ वैशाख । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमबाट हटाएको छ । नेपालले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेका प्रयाका कारण केही प्रगति भएको भन्दै उच्च जोखिमबाट हटाएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले डब्लुएचओले कोरोना संक्रमणको उच्च जोखिमबाट नेपाललाई हटाएको पुष्टी गरे । डब्लुएचओले सरकारका जारी प्रयास संक्रमण फैलन नदिन महत्वपूर्ण भएको उल्लेख गरेको छ । संक्रमण फैलन नदिन लकडाउन सबैभन्दा प्रभावकारी उपाय सिद्ध भएको छ । शुक्रबारसम्म नेपालमा ४९ संक्रमितमध्ये १२ जना निको भैसकेका छन् । भारत र चीनमा कोरोना भाइरसको संक्रमण विस्तार हुँदै गर्दा नेपाल पनि उच्च जोखिममा सुचिकृत भएको थियो । नेपालले संक्रमण फैलन नदिन चैत ११ देखि देशव्यापी लकडाउन लागू गरेको छ ।

वायु प्रदुषण उच्च भएका ठाउँमा मृत्युदर धेरै
एक अध्ययनले वायु प्रदुषण उच्च भएका ठाउँमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या उच्च रहेको देखाएको छ । बीबीसी विश्व सेवाका संवाददाता नवीनसिंह खड्का तथा हार्भर्ड विश्वविद्यालयका केही अनुसन्धाता मिलेर गरेको सर्वेक्षणमा अमेरिकामा उच्च वायु प्रदुषण भएका ठाउँ र उत्तरी इटलीको मृत्युदर र अन्य ठाउँको मृत्युदरका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x