डिजिकमको २० वर्ष पुरा, सम्पुर्ण उत्पादनहरुमा २० प्रतिशत छुट

काठमाडौं, १६ माघ । डिजिकमले नेपालमा आफ्नो सेवा विस्तार गरेको २० वर्ष पुरा गरेको छ । यहि अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको अवधि भर डिजिकमको स्टलबाट सो छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यान इन्फोटेकमा डिजिकमले वार्षिकोत्सव कार्यक्रम आयोजन गरेको थियो । सन् १९९८ मा शुरु भएको यस कम्पनीले नेपालमा केबल टीभी सञ्चालकहरुका लागि सीएटीभी प्रडक्टहरुबाट आफ्नो सेवा शुरु गरेको थियो । सो प्रडक्टमा कम्पनीले पाएको उच्च सफलताले यसलाई अन्य उत्पादनमा आफ्नो सेवा विस्तार गर्न प्रोत्साहित गरेको थियो । सन् २००४ मा डिजिकमले नेपाली बजारमा फाइबर अप्टिक केबल भित्र्याएको थियो जुन क्षेत्रमा यो पहिलो निजी क्षेत्रको कम्पनी थियो ।

कम्पनीले हाल नेपालमा विभिन्न विद्युतीय उपकरणहरुको व्यापार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *