Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ गतेदेखि लकडाउन खुकुलो गरिने, आजदेखि कार्यालय जानआउन निजी सवारी चलाउन दिइने

५ गतेदेखि लकडाउन खुकुलो गरिने, आजदेखि कार्यालय जानआउन निजी सवारी चलाउन दिइने

काठमाडौं, २८ वैशाख । सरकारले जेठ ५ देखि लकडाउन खुकुलो पार्ने भएको छ । भारत र चीनसँगका सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थल मानिसहरुको आवतजावतका लागि बन्द रहे पनि देशभित्र संक्रमण फैलिएका स्थान बाहेकमा लकडाउन केही खुकुलो हुनेछ । सरकारले वैशाख २५ देखि जेठ ५ सम्मका लागि छैटौं चरणमा लकडाउनको म्याद थपेको छ । तर, वैशाख २५ पछि उद्योगधन्दा र आर्थिक गतिविधि क्रमशः खुलाउँदै लैजाने नीति सरकारले लिएको छ । यसका लागि वैशाख २५ पछि ४० किसिमका उद्योग खुलाउन अनुमति दिएको छ । श्रमिक ल्याउने, लैजाने जिम्मा भने उद्योगहरुलाई नै दिइएको छ । सार्वजनिक यातायात पनि तत्काल नखुल्ने संकेत सरकारले गरेको छ ।

आजदेखि निजी सवारी साधन प्रयोग गरि कार्यालय आउजाउ गर्न दिने सरकारको निर्णय छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतका कर्मचारीहरु निजी सवारी प्रयोग गरी बिहान ९ देखि १० बजेसम्म कार्यालय गैसक्नुपर्ने भनिएको छ । त्यस्तै, बैंकका कर्मचारीलाई ३ देखि ५ बजेसम्म घर फर्कन दिइने भएको छ । सरकारी कार्यालयका कर्मचारी पनि ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्नेछ । यो अवधिमा निजी सवारी साधन चलाएर कार्यालय जान र फर्किन सवारी पास नचाहिने व्यवस्था भएको हो ।

त्यस्तै, खाद्यान्न, तरकारी,फलफुल आदि ढुवानी गर्दा बिहान १० बजेभित्र गरिसक्न भनिएको छ । औषधी, पानी, विद्युत् लगायतलाई भने जुनकुनै बेला पनि सवारी चलाउन अनुमति दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x