Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अर्थमन्त्रीले पेश गरे बजेटका सिद्धान्त र प्राथमिकता, भोलिदेखि पूर्व बजेट छलफल

अर्थमन्त्रीले पेश गरे बजेटका सिद्धान्त र प्राथमिकता, भोलिदेखि पूर्व बजेट छलफल

काठमाडौं, २८ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्का दुवै सदनमा आगामी विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । उनले कोरोना भाइरसको महामारी सिर्जित समस्याको निराकरण र निजी क्षेत्रलाई व्यवसाय विस्तारका लागि करमा सहुलियत र राहत प्याकेज सहितको बजेट ल्याउने उल्लेख गरेका छन् । दीगो र सामाजिक न्याय सहितको आर्थिक विकासका लागि सरकारको स्रोत परिचालन हुने अर्थमन्त्रीले बताए ।
बजेटले गुमेको रोजगारीलाई पुनर्स्थापना गरी थप अवसरको सिर्जना, स्वास्थ्य सेवा विस्तारका साथै निजी क्षेत्रलाई पुनरुत्थानसाहितको आर्थिक सुधारको प्याकेज ल्याउने बजेटका प्राथमिकतामा समावेश गरिएको छ ।
प्रविधि उपयोगलाई जोड दिदैं निजी क्षेत्रलाई सहजीकरणका लागि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपाली अर्थतन्त्रलाई माथि उठाउने मुख्य चुनौतीबीच आउन लागेको आर्थिक वर्ष २०७७–७८ को बजेटका सम्बन्धमा भोलिदेखि सदनमा पूर्व बजेट छलफल हुनेछ । बजेट प्रस्तुत गर्नु १५ दिन अघि पूर्व बजेट छलफल सम्पन्न गर्नुपर्छ । पूर्व बजेट छलफल सम्पन्न गरी जेठ २ मा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने सरकारको तयारी छ ।
आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई करमा सहुलियतका साथै मौद्रिक नीतिबाट राहातको प्याकेज ल्याउने जानकारी दिएका छन । आगामी वर्ष सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान, गुमेको रोजगारी पुनःस्थापना र कृषिको क्रान्ति गरिने बजेटको मुल लक्ष्य हुने अर्थमन्त्री खतिवडाले बताएका छन । उनले समस्याग्रस्त उद्योगहरुलाई करछुट लगायतको व्यवस्था गरिने स्पष्ट पारेका छन ।
आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका बारेमा संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना महामारी नियन्त्रणमा चालिएका कदमबाट बढेका दायित्वलाई पुरा गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्यमा बजेट केन्द्रीत हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x