Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न स्थानमा राहत वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न स्थानमा राहत वितरण

काठमाडौं, २८ वैशाख । मुक्तिनाथ विकास बैंकको घोराही शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट त्यस ठाउँका प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुका लागि उक्त खाद्यान्न सामाग्री सहयोग गरिएको हो । खाद्य सामाग्री घोराही शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख पदमराज सापकोटा र सुदुर सुदुरपश्चिम यातायात प्रा.लि. का प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बैंकले नार्गाजुन –०४, काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखा प्रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x