Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सवारी सञ्चालन बढेसँगै पेट्रोलियम पदार्थ दोब्बर खपत

सवारी सञ्चालन बढेसँगै पेट्रोलियम पदार्थ दोब्बर खपत

काठमाडौं, २८ वैशाख । आइतवारदेखि काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालन केही खुकुलो भएसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । सरकारले टाइम कार्ड लागू गरेर सवारीसाधन सञ्चालनलाई केही सहज बनाएको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आइतवार दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले बताएको छ ।
डिपोका प्रमुख प्रदीप यादवका अनुसार आइतवार २ सय किलोलिटर पेट्रोल र ५ सय किलोलिटर डिजेल खपत भएको राससमा उल्लेख छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र २ सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए ।
उनका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।
यस्तै हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउन अघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हँुदै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x