Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंकहरुको नाफामा लाग्यो अंकुश, कुन बैंकको प्रगती कस्तो ?

बैंकहरुको नाफामा लाग्यो अंकुश, कुन बैंकको प्रगती कस्तो ?

काठमाडौं, ३० बैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । हाल संचालनमा रहेका २७ वाणिज्य बैंक मध्ये मंगलबारसम्म २० वटा बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यसमध्ये अधिकांश बैंकको नाफामा सन्तोषजनक बृद्धि छैन ।

सन् २०१९ को अन्तिम देखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन लगायतका क्षेत्रमा सुरु देखि नै असर परेको र त्यसले ब्याज असुलीमा केही समस्या हुँदा नाफा खस्किएको हो ।

नियामकिय प्रावधान अनुसार प्रत्येक त्रैमास सकिएको एक महिना भित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर यो पटक कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका बैंकहरु आधिंकरुपमा मात्र खुलेकाले विवरण प्रकाशनमा केही समय लागेको बताइएको छ। यद्यपि पछिल्लो दुईदिन यता बैंकहरुले धमाधम वित्तीय विवरण प्रकाशन गरिरहेका छन् । बाँकी बैंकहरुले पनि भोलीसम्ममा प्रकाशन गरिसक्नुपर्ने छ । हेरौ १७ बैंक मध्ये कुनको नाफा कति ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको भन्दा ४४.३६ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १ अर्ब ८७ करोड २१ लख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
वितरण योग्य नाफा भने ५९.११ प्रतिशतले घटेर ५७ करोड ९५ लाख ५ हजार रुपैयाँमा सिमित भएको छ।

हिमालयन बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १५.०४५ प्रतिशतले बढी हो । गत वर्ष बैंकले २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँमात्रै नाफा कमाएको थियो ।

सेन्चुरी कमर्सियल बैंक
सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड ५७ लाखरुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४९.९६ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ६१ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल बैंक
नेपाल बैंकको वितरणयोग्य नाफा भने घटेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँले घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

बैंक अफ काठमाण्डू
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाण्डूको पनि नाफा बैंकको नाफा २७.४९ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले ८७ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ।

एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा रकम गत वर्षको भन्दा १४.०६५ धेरै हो । गत वर्ष बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा मात्र कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३८.८३५ ले बढ्दा सञ्चालन नाफा भने २०.१२५ ले घटेको छ ।

सिद्धार्थ बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको वितरण योग्य नाफा ऋणात्मक हुन पुगेको छ । बैंकको वितरण योग्य नाफा १५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष बैंकको वितरण योग्य नाफा ८९ करोड ५३ लाख रुपैयाँ थियो ।

नबिल बैंक
यो अवधिमा नबिल बैंकको नाफामा पनि सामान्य गिरावट आएको छ । खुद नाफा १.०१ प्रतिशतले घटेर ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँमा आएको छ । गत वर्ष बैंकले ३ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोढ ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको भन्दा ५.८६ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १ अर्ब २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सानिमा बैंक
सानिमा बैंकको खुद नाफा सामान्य बृद्धि भएको छ। तर भने वितरण योग्य नाफा भने उल्लेख्यरुपमा घटेको छ । बैंकको नाफा २.७५५ ले बढेर १ अर्ब ६१ करोड ८७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ५७ करोड ५३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा गत वर्षको तेस्रो त्रैमासको तुलनामा २.७३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको बैंकको गत वर्षको यो अवधिमा नाफा २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ थियो ।

कृषि विकास बैंक
त्यस्तै कृषि विकास बैंकको पनि नाफा खस्किएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको भन्दा ७.७८ प्रतिशतले कम हो । गत वर्ष २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा बैंकले १ अर्ब २४ करोड नाफा गरेको छ ।

मेगा बैंकको
मेगा बैंकको नाफा १९.५० प्रतिशत नाफा वृद्धि भएको छ । चालु वर्षमा १ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा १ अर्ब १८ करोड २ लाख रुपैयाँ खुद नाफामा कमाएको थियो ।

नेपाल बंगलादेश
नेपाल बंगलादेश बैंकको नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १४ प्रतिशतले घट्न पुगेको छ । चैतमसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यो अवधिमा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

एनएमबि बैंक
यो अवधिमा बैंकको नाफा १ अर्ब ८८ करोड रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा १ अर्ब ६५ करोड रुपैयाँ मात्र थियो ।

एभरेष्टको नाफा
एभरेष्टको नाफाले ६.२९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्मको तुलनामा १३ करोड ९४ लाख रुपैयाँले बढाएर २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

नेपाल एसबिआई
नेपाल एसबिआई बैंकको नाफा १०.१४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा नाफा १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ ।

सन्राईज बैंक
यस्तै सन्राइज बैंकको नाफा २३.७१ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा रकम १ अर्ब २२ करोड रुपैयाँ थियो । तर यो वर्षको नाफा ९८ करोड ५२ लाख रुपैयाँमा सिमिति छ ।
एनसिसि बैंक
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसि) बैंकको भने चालु वर्षको तेस्रो त्रैमासमा नाफा केही बढेको छ । बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ०.१५ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x