Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार २ प्रतिशतले घटेपछि कारोबार बन्द

सेयर बजार २ प्रतिशतले घटेपछि कारोबार बन्द

काठमाडौं, ३० बैशाख । सेयर बजार २.०२ प्रतिशतले घटेर १२२६.१५ को बिन्दुमा बन्द भएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत १० गतेदेखि बन्द सेयर कारोबार डेढ महिनामा पछि आज खुलेको हो ।

२ घण्टाका लागि खुलेको बजार २ प्रतिशत भन्दा बढीले घटेपछि आजका लागि बन्द गरिएको हो । कोरोनाका कारण उत्पन्न असहज परिस्थतीका कारण परिसूचक २ प्रतिशत भन्दा कमले घट्दा वा बढ्दा त्यस दिनका लागि कारोबार बन्द गर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन छ ।

आज ८७ कम्पनीको १० करोड ४३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउन कायमै रहेकाले बोर्डले अनलाईन कारोबारमा जोड दिएको छ । हाल अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या २० हजार रहेको छ । अनलाईन कारोबार गर्ने लगानीकर्ताहरुसँग असार मसान्तसम्म पासवर्ड र युजर आइडी प्राप्त गर्न ग्राहकसँग कुनै शूल्क नलिने व्यवस्था गरिएको छ। मेरो सेयरको नयाँ खाता खोल्दा पनि शूल्क लाग्ने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x