Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दुई दिनको कारोबार पछि सेयर बजार पुनः अनिश्चितकालका लागि बन्द

दुई दिनको कारोबार पछि सेयर बजार पुनः अनिश्चितकालका लागि बन्द

काठमाडौं, १ जेठ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द गरिएको सेयर कारोबार गत मंगलबारदेखि सुरु गरिएको थियो ।

सुचारु गरिएको दुई दिनपछि नै बोर्डले आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई अनिश्चितकालका लागि बजार बन्द गर्न निर्देशन दिएको हो । कोरोनाले सर्वसाधारण त्रसित भइरहेको र पूर्णरुपमा अनलाईन कारोबारको विकास भइनसकेकाले यो अवस्थामा बजार खोल्नु उचित नहुने स्वयंम लगानीकर्ताहरुको सुझाव थियो ।

मंगलबार र बुद्यबार बजार ११ बजेदेखि १ बजेसम्म दुई घण्टाका लागि खोलिएको थियो । कारोबारको दुबै दिन बजारमा लगातार गिरावट आएको थियो । लकडाउनका बेला पनि बजारलाई चलायमान बनाउन बोर्डले अनलाईन कारोबारमा जोड दिएको थियो ।

दुई दिनको कारोबारमा बजार करिब ५० अंकले घटेर १२०१ को बिन्दुमा झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x