स्वास्थ्य मन्त्रालयले गल्ति सच्यायो, कोरोना संक्रमितको संख्या २४५ मात्र

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको बताएको छ । मन्त्रालयले बिहीबार विहान ७ः४५ बजे प्रेस विज्ञप्ति जारी गरी संक्रमित संख्या २ सय ५० पुगेको उल्लेख गरेको थियो ।

तर, उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेको जनाएको छ । मन्त्रालयले हाल संक्रमितको संख्या २ सय ४५ रहेको बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *