Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट ८ हजार २ सय ७९ जना नेपालीको उद्धार

कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट ८ हजार २ सय ७९ जना नेपालीको उद्धार

कैलाली, ११ जेठ । कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट ८ हजार दुई सय ७९ जना नेपालीको उद्धार भएको छ । जेठ २ गतेदेखि जेठ १० गतेसम्म छ दिनमा उनीहरुको उद्धार गरिएको हो । जेठ २, ३, ७, ८, ९ र १० गते उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जेठ २ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार १४ र जेठ १० गते एक हजार ९ सय ५९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
८ हजार दुई सय ७९ जनाको उद्धार भए पनि निकै न्यूनको मात्रै परीक्षण भएको छ । अधिकांश नेपालीलाई परीक्षणबिना नै नेपाल ल्याइएको छ । ९० प्रतिशत उद्धार गरिएकाहरुको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च विन्दुमा पुगेको छ । भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको परीक्षण हुन सकेको छैन । जेठ २ र ३ गते भित्रिएका ९ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो । महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी उनीहरुको सम्बन्धित गाउँ पठाईएको थियो ।
८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ । यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको छैन भने जेठ १० गते नेपाल आएका एक हजार ९ सय ५९ जनालाई पनि परिक्षण बिना नै नेपाल भित्र्याइएको छ ।
६ दिनको अवधिमा ६ हजार सात सय २९ जना नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन । स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले भने किटको अभाव रहेको जनाएको छ । नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड किट मौज्दात रहेपनि प्रदेश सरकारसँग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट अभाव रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x