Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

वैशाखसम्म ६ खर्ब ३९ अर्ब राजस्व उठ्यो

वैशाखसम्म ६ खर्ब ३९ अर्ब राजस्व उठ्यो

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको १० महिनामा अर्थात् वैशाख सम्म ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठेको छ । आर्थिक वर्षको सुरुवातमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व परिचालन गर्ने लक्ष्य राखेको थियो र मध्यावधि समीक्षाबाट घटाएर १० खर्ब ५६ अर्ब रुपैयाँ राजस्व परिचालन हुने अनुमान गरिएको थियो । यद्यपि कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले मध्यावधि समीक्षाको लक्ष्य अनुसार राजस्व संकलन नहुने उल्ले गरेको छ ।
वैशाखसम्म भन्सार राजस्वबाट १ खर्ब ७६ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा १ खर्ब १३ अर्ब रुपैयाँ राजस्व उठेको छ । मूल्य अभिवृद्धि करबाट २ खर्ब ५१ अर्ब संकलन हुने अनुमान गरिएकोमा १ खर्ब ८० अर्ब रुपैयाँ संकन भएको छ । अन्य शीर्षकहरुमा अन्तःशुल्कबाट १ खर्ब ३८ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा ८४ अर्ब २५ करोड रुपैयाँ संकलन भएको छ । आयकरबाट २ खर्ब १३ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा १ खर्ब ५९ अर्ब रुपैयाँ संकलन भएको छ । अन्य करतर्फ २३ अर्ब संकलन हुने अनुमान गरिएकोमा १४ अर्ब रुपैयाँ कर संकलन भएको छ । गैर करतर्फ भने ७६ अर्ब ४७ करोडको लक्ष्यमा ८७ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको छ ।

लकडाउनका कारण राजस्प संकलनमा झनै शिथिलता आएको छ । कोरोना भाइरसको महामारी सुरु भएपनि लकडाउन अघिसम्म दैनिक सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन भैरहेको थियो । लकडाउनपछि सबै आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलन दैनिक ६८ करोड रुपैयाँ मात्र छ । सरकारले चैत महिनामा बुझाउनुपर्ने करसमेत असार मसान्तमा बुझाउन सकिने खुकुलो व्यवस्था गरेको छ । चैत मसान्तको समेत कर असारमा संकलन हुनेहुँदा राजस्व संकलन कम्तीमा पनि साढे ८ खर्ब नाघ्ने अर्थमन्त्रालयको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x