Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बाग्लुङको पश्चिमी क्षेत्रका ४ वटा पालिका सिल

बाग्लुङको पश्चिमी क्षेत्रका ४ वटा पालिका सिल

बाग्लुङ, ११ जेठ । जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाँउपालिका र तमानखोला गाउँपालिका जाजदेखि लागू हुनेगरी जेठ २० गतेसम्मका लागि सिल गरिएको हो । चलिरहेको लकडाउनलाई मध्यनजर गरी ४ वटै पालिकाका प्रमुख उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको हिजो बसेको बैठकल यस्तो निर्णय गरेको हो । बैठकले ४ वटै पालिकाका मुख्य सिमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गते सम्मलाई बन्द गर्ने, निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स र गाडि बाहेक अन्य गाडि सञ्चालनमा रोक लगाउने , मर्निङ वाकका नाममा हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ । यसैबबिच ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालिले आफ्नो नगरबासिहरुलाई लकडाउन र सिलको अनुशासित रुपमा पालना गरि सचेत र संयमित रहने तर भयबित नहुन आग्रह गरेका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले यस अवधिमा थप कडाई गरिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x