Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

व्यवसायलाई राहत दिन विभिन्न करमा छूट, विद्युतीय सवारीको मूल्य बढ्ने

व्यवसायलाई राहत दिन विभिन्न करमा छूट, विद्युतीय सवारीको मूल्य बढ्ने

काठमाडौं, १६ जेठ । सरकारले कोभिड–१९ बाट प्रभावित व्यवसायलाई राहत दिन आयकर र मूल्यअभिवृद्धि कर लगायतमा छूट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमार्फत यस्तो छूटको घोषणा गरेका हुन् ।


औषधि उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थको पैठारीमा भ्याट छूट दिने घोषणा गरेको छ । त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरीद गर्दा तिरेको भ्याट फिर्ता दिइने भएको छ । कोरोना महामारीबाट प्रभावित भएका हवाई, यातायात, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई चालू आवको आयकरमा २० प्रतिशत छूट दिने घोषणा गरिएको छ ।


सरकारले भ्याटको दर यथावत् राख्दै अन्तःशुल्क र भन्सारका केही दर भने समायोजन गरेको छ । विशेषगरी १ दर्जनभन्दा बढी वस्तुमा लगाउँदै आएको अन्तःशुल्क घटाइएको छ । उद्योगले पैठारी गर्ने औद्योगिक कच्चापदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्न केही वस्तुको कच्चापदार्थको भन्सार महशुल घटाइएको छ । सरकारले इन्टरनेट सेवा प्रदायकलाई फिक्स्ड ब्रोडब्याण्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छूट दिने व्यवस्था पनि गरेको छ ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न दिएको भन्सार सुविधामा कटौती गरेको छ । विद्युतीय गाडीको आयात गर्दा ८० प्रतिशतसम्म अन्तःशुल्क र ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरिएको छ । विगतमा यस्ता गाडी आयात गर्दा अन्तःशुल्क शून्य थियो भने भन्सारदर १० प्रतिशत मात्र थियो । यसबाट विद्युतीय सवारीको भाउ बढ्ने भएको छ ।

सरकारले सुनको नयाँ भन्सारदर प्रति १० ग्राम रू. २ हजार पु¥याएको छ । पेट्रोल र डिजेलमा लाग्दै आएको पूर्वाधार विकास कर प्रतिलिटर ५ बाट बढाएर १० रुपैयाँ पु¥याइएको छ । चुरोटमा लाग्दै आएको स्वास्थ्य जोखिम कर प्रतिखिल्ली २५ पैसाबाट बढाएर ५० पैसा पु¥याइएको छ । सुर्ती, खैनी गुट्खा, पानमसलामा लाग्दै आएको जोखिम कर प्रतिकिलो रू. २५ बाट बढाएर ४० पु¥याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x