Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विदेशमा कोरोना संक्रमणबाट १२५ जना नेपालीको मृत्यु, १४ हजार ४०० भन्दा बढीमा संक्रमण

विदेशमा कोरोना संक्रमणबाट १२५ जना नेपालीको मृत्यु, १४ हजार ४०० भन्दा बढीमा संक्रमण

काठमाडौं, २५ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दरमा कमी आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणदर गत साताभन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्डस्, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

संयोजक सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोना संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३३ जना रहेको छ भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

नेपाल फिर्तिलाई व्यवहारिक बनाउन एनआरएनएको आग्रह

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुआतको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए । अध्यक्ष पन्तले नेपालीको फिर्तिको लागि भोगेका समस्यका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए ।

यस्तै एनआरएनएका महासचिव डा. हेम राज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भवना न्युन रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरि बाटो खोल्नु पर्ने बताए । महासचिव शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ्ग (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याए । शर्माले विदेश रहेका नेपालीहरुलाई विमानस्थल सम्म पुर्याउनका लागि दुतावास र संघको सहकार्यमा होल्डिङ्ग सेन्टर बनाउन सकिने बताए ।

संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ । लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलो पटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ। विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ति प्रक्रियालार्ई व्यवहारिक बनाउन संघले नेपाल सरकालाई आग्रह गर्ने भएको छ ।

संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दुतावाससँग सहकार्य गर्न संघ र दुतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने बताएको छ । यसअघि संघले नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x