Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लगानी बोर्डको सीईओको दौडमा बैंकरदेखि प्राधिकरणका सीईओसम्म

लगानी बोर्डको सीईओको दौडमा बैंकरदेखि प्राधिकरणका सीईओसम्म

काठमाडौं, ११ असार । लगानी बोर्ड (इन्भेष्टमेन्ट बोर्ड नेपाल) को प्रमुख कार्यकारी अधिकृतका लागि बैंकरहरु देखि बोर्डकै परामर्शदाताहरु र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसम्म दौडमा जुटेका छन् । चार वर्षे कार्यकाल रहने लगानी बोर्डको सीईओ पद तत्कालीन सीईओ महाप्रसाद अधिकारीको नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्तिसँगै रिक्त छ । अधिकारीले करिब चार वर्ष लगानी बोर्डको सीईओको रुपमा काम गरेर कार्यकालको अन्त्यतिर केन्द्रीय बैंकको गभर्नरमा नियुक्ति पाएका हुन् ।

लगानी बोर्डको सीईओका लागि असार २० गतेसम्म आवेदन माग गरिएको छ । अर्थ मन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाका समितिले प्राप्त आवेदनहरु मूल्यांकनपछि सर्ट लिस्टीङ गरी ३ जनाको नाम मन्त्रिपरिषद्मा लैजानेछ । लगानी बोर्डको सीईओका लागि लगानी बोर्डमै परामर्शदाताका रुपमा कार्यरत व्यक्तिहरु देखि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीन बहादुर श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, नेपाल बैंकर्स संघकै पूर्व अध्यक्ष एवं नबिल बैंकका सीईओ अनिल केशरी शाह तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली दाबेदार रहेको बुझिएको छ ।

मुलुकमा लगानी सहजीकरणका लागि काम गर्दै आएको लगानी बोर्डले ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी स्वीकृत गर्दछ । लगानीकर्ताको संरक्षण एवै सहजीकरणका लागि बोर्डले सिंगल विण्डो विकास गरी सम्बन्धित निकायहरुबाट काम गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x