नबिल बैंकको स्वतन्त्र सञ्चालकमा आशा राणा अधिकारी नियुक्त
काठमाडौं, १५ असार । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । सनराइज बैंकको डेपुटी सीईओबाट ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएकी अधिकारीलाई आइतबारको नबिल बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।