सुनचाँदीको भाउ घट्ने क्रममा
काठमाडौं, १९ असार । शुक्रबार स्थानीय बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
केही दिनअघि लागातार बढेको सुन पछिल्लो दुई दिन लगातार घटिरहेको छ। बिहीबार पनि सुनमा तोलाको ७ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदी पनि घट्दो क्रममा रहेको छ। शुक्रबार चाँदीमा पनि १० रुपैयाँले घटेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।