२५ करोडको बैदेशिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा विना जोखीम आम्दानी गर्न सकिने २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र विक्री गर्ने भएको छ । उक्त वचतपत्र फागुन ३ गतेदेखि २३ गतेसम्म विक्री खुला गर्ने राष्ट्र बैंकले जनाएको छ ।
५ वर्षको अवधिसम्म ६÷६ महिनामा ब्याज भुक्तानी हुने गरी उक्त वचतपत्र विक्री गर्न लागेको हो । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सकिने जनाइएको छ ।
राष्ट्र बैङ्कले २०७९ फागुन २८ गते साँवासहित रकम फिर्ता हुने बताएको छ । सो बचतपत्रका लागि बैंकले कम्तीमा रू ५ हजार र बढीमा रू ५ हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरीद गर्न पाउने सीमा तोकेको छ ।