Shangrila

ग्लोबल आइएमईबाट सिईओ कुँबर बाहिरिए

काठमाडौं, २५ असार । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउदै उनले गत असार १ गते पेश गरेको राजीनामा बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी साउन १ देखि लागु हुने गरि स्वीकृत गरेको छ।

ग्लोबल आइएमई र जनता बैंक गाभिएपछि उनी बैंकको सिईओ थिए ।

बैंक सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्मको लागि कामू सीइओको जिम्मेवारी डेपुटी सीइओ महेश ढकाललाई दिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *