Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हवाई क्षेत्र सुधारका लागि एडीबीको ऋण

हवाई क्षेत्र सुधारका लागि एडीबीको ऋण

काठमाडौं, २६ असार । एसियाली विकास बैंकले उड्ययन क्षेत्र सुधारका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिएको छ । यो एडीबीको नीतिगत ऋण हो, यो ऋण हवाई सुरक्षा अनुगमन क्षमता विस्तारमा प्रयोग गरिने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले बताए ।

झण्डै ५ अर्ब ९५ करोड रुपैयाँ हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुई छुट्टै निकायमा विभक्त गर्नका लागि प्रयोग गरिने उल्लेख छ । कानुनी र कार्यान्वयन संयन्त्र विकास गरी नेपाल नागरिक उड्ययन प्राधिकरण र वायुसेवा प्राधिकरण स्थापना गरी दुवै निकायको सञ्चालन प्रभावकारिता अभिवृद्धि गरिनेछ ।

सहयोगसम्बन्धि सम्झौतामा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र एडीबी नेपाल नियोगका राष्ट्रिय निर्देशक मुख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन् । नेपालले एडीबीको यो सहायता नेपालको विमानस्थलको क्षमता विस्तार तथा नागरिक उड्ययन क्षेत्रको सुधारका लागि महत्वपूर्ण भएको चर्चा गरे । उनले कोभिड–१९ को असर न्यूनीकरणका लागि एडीबीबाट थप सहयोग परिचालन हुने अपेक्षा रहेको उल्लेख गरेका छन् ।
यो सम्झौतामा हस्ताक्षर भएको ३० दिनभित्र लागू हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x