Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रसुवा भन्सार कार्यालयद्वारा ८ अर्ब राजस्व संकलन

रसुवा भन्सार कार्यालयद्वारा ८ अर्ब राजस्व संकलन

काठमाडौं, १ साउन । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷७७ मा मसान्तसम्ममा ८ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत वर्ष साउनदेखि असार मसान्तसम्ममा कुल ८ अर्ब २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गत आवमा कार्यालयले ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो ।
चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि गत माघ १५ देखि रसुवागढी नाका बन्द भएको थियो । ५ महिनाभन्दा बढी नाका बन्द भएर आयात निर्यात ठप्प हुँदा राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काको भनाइ छ ।
फागुन अन्तिमसम्ममा कार्यालयकाले ८५ प्रतिशत राजस्व उठाएको थियो । असार (मसान्तसम्म)मा कार्यालयले १ करोड ७६ लाख ६१ हजार राजस्व उठाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपयाँ राजस्व संकलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x