Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली

आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७७–०७८ को पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक ३२.४२ अंकले बढेको छ। कारोबार पनि १ अर्ब भन्दा बढीको भएको छ।

हिजो पनि परिसूचकमा सुधार देखिएको थियो । पछिल्लो केही दिनयता बजारमा निरन्तर सुधार देखिएको छ।

आज १ सय ८० कम्पनीको १ अर्ब ४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका सबै समूहका उपसूचकहरु बढेको छ । अझ त्यसमा पनि वाणिज्य बैंक र विकास बैंक समूहको सूचक निकै सुधार देखिएको छ ।

खरिदबिक्रीमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । कम्पनीको ९ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा भने एनआइसी एसिया लघुवित्त छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x