Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन व्यवसाय खुलाउँन सबै पर्यटन व्यवसायीको एकै स्वर

पर्यटन व्यवसाय खुलाउँन सबै पर्यटन व्यवसायीको एकै स्वर

काठमाडौं, १ साउन । पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाहरुका प्रतिनिधिहरुले व्यवसाय सञ्चालन गर्न दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीले थला पारेको पर्यटन व्यवसायलाई माथि उकास्न व्यवसाय क्रमिक रुपमा सञ्चालन गर्न दिन अनुरोध गरेका हुन् ।

करिब चार महिनादेखि बन्द रहेको पर्यटन व्यवसाय अब पनि सञ्चालन नगरे राज्यले ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पुरा गरी आफूहरुले व्यवसाय सञ्चालन गर्ने बताएका छन् । पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सूचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउँनतर्फ सरकारले तत्काल पहल थाल्नु पर्ने उनीहरुको माग छ ।

होटल एशोसियसन अफ नेपाका बरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना भाइरसको महामारीले विश्वको पर्यटन क्षेत्रलाई नै प्रभाव पारेको र अहिले कतिपय देशले सुरक्षित रुपमा पर्यटन व्यवसाय सञ्चालन गर्न थालेकाले नेपालले पनि सुरक्षाका मापदण्ड पुरा गरी पर्यटन व्यवसाय सञ्चालन गर्न दिनु पर्ने बताए । अब यस महामारीबाट सुरक्षित हुँदै जिउँन सिक्नु पर्ने उनको भनाई छ ।

अगष्ट १ देखि आन्तरिक र १५ बाट अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्नुपर्ने
हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकोले आगामी अगष्ट १ बाट आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडान खोल्न व्यवसायीले आग्रह गरेका छन् । कोरोना प्रकोपको जोखिम कहिले सम्म हुन्छ भन्ने थाहा नभएकोले सुरक्षाका विधिहरु अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्दा उचित हुने उनीहको भनाई छ ।
कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित २८ वटा संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x