Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नबिल बैंकले ल्यायो ‘३६औं वार्षिकोत्सव योजना’

नबिल बैंकले ल्यायो ‘३६औं वार्षिकोत्सव योजना’

काठमाडौं, १ साउन । वर्तमान महामारीलाई मध्यनजर गर्दै नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज बनाउने उद्देश्यले ‘३६आंै वार्षिकोत्सव योजना’ ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिइने बैंकले बताएको छ । जस अन्तर्गत घर कर्जामा ७.९९%, धितो कर्जामा ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९% र साना तथा मझौला कर्जामा ७.९९% सीमित समयका लागि बैंकले ल्याएको विशेष छुट प्रक्रिया बैंकका सबै शाखाहरूबाट अगाडि बढाउन सकिने उल्लेख छ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x