Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

तातोपानी भन्सारले संकलन गर्‍यो १ अर्ब ६० करोड राजस्व

तातोपानी भन्सारले संकलन गर्‍यो १ अर्ब ६० करोड राजस्व

सिन्धुपाल्चोक, ४ साउन । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६÷७७ मा रू. १ अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजस्व संकलन भएको छ ।
सो आर्थिक वर्षमा राजस्व संकलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजस्व भन्सार महसुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । उक्त नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x