Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबि बैंक र जडिबुटी व्यवसायीले वित्तीय कारोबारमा सहकार्य गर्ने

एनएमबि बैंक र जडिबुटी व्यवसायीले वित्तीय कारोबारमा सहकार्य गर्ने

काठमाडौं, ६ साउन । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच वित्तीय कारोबार सम्बन्धी सम्झौता भएको छ । सदस्यको क्षमता अभिबृद्धि, वित्तीय परामर्श, कर्जा सहुलियत सहितका विविध गतिविधिहरूमा साझेदारी गर्ने गरि उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र संघ अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । बैंकले देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु साना तथा मझौला उद्योग, कृषि, जलस्रोत लगायतमा उद्यमशीलता विकास स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको जनाइएको छ।

हाल बैंकले देशभर १ सय ६७ शाखा र १ सय ३१ एटीएम मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x