Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बागमती प्रदेश सरकारको बजेट खर्च ५९ प्रतिशत मात्र

बागमती प्रदेश सरकारको बजेट खर्च ५९ प्रतिशत मात्र

हेटौंडा, ६ साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा बागमती प्रदेश सरकारले कुल बजेटको करीब ५९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा प्रदेश सरकारले बजेटको ५८ दशमलव ९० प्रतिशत कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले चालूखर्च ६० प्रतिशत अर्थात् १२ अर्ब ४४ करोड रुपैयाँ र पूँजीगत खर्च ५७ प्रतिशत अर्थात् १५ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको कार्यालयको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारले ६० प्रतिशत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ का लागि ४७ अर्ब ६० करोड बजेट ल्याएको प्रदेश सरकारले २८ अर्ब ४ करोड रुपैयाँमात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले बताएका छन् । प्रदेश सरकारको मन्त्रालय र विभिन्न कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ मा सबैभन्दा धेरै खर्च गर्ने सामाजिक विकास मन्त्रालय हो । यो मन्त्रालयले ६६ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । सबभन्दा कम खर्च आर्थिक मामिला तथा योजना मन्त्रालयले १८ प्रतिशतमात्र खर्च गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलय ४५ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५८ प्रतिशत, आन्तरिक मामिला मन्त्रालयले ५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६१ प्रतिशत, प्रदेश संसद्ले ४९ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले २४ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले ६१ प्रतिशत रकम खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x