Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक र बाह्य उडान खुलाउने निर्णयपछि पर्यटन क्षेत्र क्रमशः चलायमान हुने आशामा व्यवसायी

आन्तरिक र बाह्य उडान खुलाउने निर्णयपछि पर्यटन क्षेत्र क्रमशः चलायमान हुने आशामा व्यवसायी

काठमाडौं, ६ साउन । पाँच महिनादेखि बन्द आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट सुरु गर्ने सरकारी निर्णय सकारात्मक भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । चैत ५ गतेबाट अन्तराष्ट्रिय चैत ११ गतेबाट आन्तरिक हवाई उडान बन्द छ ।

पर्यटकीय सिजनमै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले पर्यटक आगमन ठप्प भएपछि थलिएका पर्यटन व्यवसायी उडान सुचारु भएसँगै आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने आशमा छन् । सरकारको यो निर्णयले व्यवसाय केही चलायमान हुने टानका अध्यक्ष खुमबहादुर सुबेदीले बताए ।

उसो त केही समय अघि पर्यटनसँग सम्बद्ध दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि सञ्चालन गर्न दिन सरकारलाई आग्रह गरेका थिए । लामो समय व्यवसाय बन्द रहेको भन्दै अब पनि सञ्चालन नगरे व्यवसायी र राज्यले थप ठूलो घाटा व्यहोर्नुपर्ने भएकाले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय खुलाउनुपर्ने व्यवसायीको माग थियो ।

स्वास्थ्य मापदण्ड अपनाएर क्रमश ः होटल, रेष्टुरेष्ट लगायतका व्यवसाय पनि खुलाउदै जानुको विकल्प नभएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x